Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जुवातास खेल्ने/खेलाउनेलाई यस्तो हुन्छ सजाय

काठमाडौं । जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्नलाई कैद र जरिवानासहितको कारबाही हुने व्यवस्था कानुनले गरेको छ । उक्त कार्यलाई नेपालको कानुनले अपराधको रुपमा परिभाषित गर्दै यस्तो व्यवस्था गरेको हो । दिनहुँजसो जुवातास खेल्ने तथा खेलाउनेलाई पक्राउ परिरहेको नेपाल प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवाताससम्बन्धी कानुनी व्यवस्थाको बारेमा उल्लेख गरिएको छ । सो दफा अनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वन ३० हजारसम्म जरिबानाको व्यवस्था गरिएको छ ।

दोस्रो पटकमा भने एक वर्षसम्म कैद र ५० हजारसम्म जरिबाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update