दोलखा बैतेश्वरका युवकको काठमाडौंमा मृत्यु
चरिकोट । दोलखाको बैतेश्वर गाउँपालिकाका एक युवकको काठमाडौंमा मृत्यु भएको छ । मृत्यु हुनेमा वैतेश्वर गाउँपालिका–१ गैरीमुदीका ३० वर्षीय अरुण लामा रहेका छन् ।
प्रहरीका अनुसार उनी काठमाडौँ महानगरपालिका–१५ बिजेश्वरी डेरा गरी बस्दै आएका थिए । उनी आज आफ्नै कोठामा मृत फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८० १८:२०
प्रतिक्रिया दिनुहोस्