Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा बरामद भएको सुन प्रकरणमा चिनियाँ नागरिक सहित तीन जना पक्राउ

काठमाडौं । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणका थप अभियुक्तहरु पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट एक चिनियाँ नागरिक र दुई नेपालीलाई पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीकाअनुसार सनत प्रधान र लालबहादुर तामाङ सुन बिक्री गर्ने ग्राहक खोज्न संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । यस्तै पक्राउ परेका चिनियाँ नागरिकले काठमाडौंमा सुनको व्यवस्थान गर्ने गरेको सीआईबीको दाबी छ ।

गत बुधबारयता तीन दिनमा दोलखाबाट ११ किलो सुन बरामद भएको थियो ।

काठमाडौंमा पक्राउ परेका तीन जनालाई आज जिल्ला प्रहरी कार्यालय, दोलखालाई बुझाउने सीआईबीले जनाएको छ । यसअघि यस प्रकरणमा सात जना पक्राउ परेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update