Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अवैध सुन प्रकरणसँग जोडिएका दोलखा विगु–१, का अर्का युवक काठमाडौंमा पक्राउ

काठमाण्डौं । सुन तस्करी प्रकरणमा जोडिएका दोलखा जिल्ला विगु गाउँपालिकाका एक युवक काठमाण्डौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु गाउँपालिका वडा नम्बर १ का १९ वर्षिय राज तामाङ रहेका छन् ।

सुन तस्करी प्रकरणमा बुधवार राती पक्राउ परेका केशर तामाङ समेत संलग्न भएको भन्सार ऐन २०६४ अन्तर्गतको कसुर र संगठित अपराध मुद्दामा फरार रहेका उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले पत्राचार गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले तामाङलाई काठमाण्डौको वनस्थलीबाट पक्राउ गरेको हो । उनको साथबाट दुई थान मोवाईल समेत बराम भएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाईएको छ । 

सुन प्रकरणमा जोडिएका पाँच जनालाई दोलखा प्रहरीले सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update