Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको जामुनेबाट  थप तीन किलो सुन बरामद

काठमाडौँ । प्रहरीले दोलखामा थप तीन किलो सुन बरामद गरेको छ । शुक्रबार दोलखा जिल्ला विगु गाउँपालिका वडा नम्बर ३, स्थित जामुनेबाट उक्त सुन बरामद भएको हो । चीनबाट तस्करी गरेर भित्राएको ३ किलो सुनसहित पक्राउ परेकाहरुको बयानका आधारमा खोजतलास गर्ने क्रममा जामुने स्थित केशर तामाङको डेराबाट बरामद भएको प्रहरीले जनाएको छ । 

दोलखा प्रहरीले बिहिवार मात्रै अवैध सुन तस्करी प्रकरणका आरोपी विगु गाउँपालिका–१ का २८ बर्षिय केशर तामाङ, १८ बर्षिय पेम्बा तामाङ, २० बर्षिय माधव मगर, विगु गाउँपालिका–१, का ५५ वर्षिय नुर्वुछिरिङ शेर्पा र ३० वर्षिय सुनमाला तामाङलाई सार्वजनिक गरेको थियो । 

उनीहरुलाई बिहिबारै दोलखा जिल्ला अदालतबाट ८ दिनको म्याद थपगरी अनुसन्धन अघि बढाईएको छ ।चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update