चरिकोट । दोलखाको विगु गाउँपालिकामा पक्राउ परेका तीन जना व्यक्तिहरुको पहिचान खुलेको छ । पक्राउ पर्नेमा विगु गाउँपालिका–३, का १८ वर्षिय पेम्बा तामाङ, सोही स्थानका केशर तामाङ र २० वर्षिय माधव मगर रहेका छन् ।
चीनसँग सिमाना जोडिएको लप्चीबाट अवैध सुन भित्र्याएको सूचनाका आधारमा प्रहरीले चलाएको अप्रेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् । अप्रेसनका क्रममा पहिले प्रहरीले विगु गाउँपालिका वडा नम्बर ३, को जामुनेमा रहेको एक होटलबाट केशर तामाङलाई पक्राउ गरेको थियो ।
उनको साथबाट चार किलो सुनपनि बरामद भएको हो । उनलाई सोधपुछपछि अन्य दुई जनापनि पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबारे पत्रकार सम्मेलनको आयोजना गरी बिस्कृत बिवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।