खिम्ती आयोजनामा पहिरोमा पुरिएर एक युवकको मृत्यु
चरिकोट । जिरी नगरपालिका–८, स्थित खिम्ती–२ जलविद्युत आयोजनामा पहिरोले पुरिएर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको गोकुलगंगा गाउँपालिका–३ का अन्दाजी ३८ वर्षीय आङकाजी शेर्पा रहेका छन् ।
आईतवार दिउँसो आयोजनामा काम गर्ने क्रममा सुरुङमा खसेको पहिरोले पुरिँदा उनको मृत्यु भएको हो । घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले सुरुङबाट शव बाहिर निकालेका छन् । घट्ना आईतवार दिउँसो भएको हो ।
प्रहरीका अनुसार घट्नाबारे थप अनुसन्धान भैरहेको छ । सोही आयोजनामा यसअघि पनि एक जना सवओभरसियरले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० १९:२९
प्रतिक्रिया दिनुहोस्