Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सुनको आयात कोटा बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले सुनको आयात कोटा बढाउने तयारी गरेको छ । पछिल्लो समय नेपालमा सुन तस्करी बढ्दै गएका बेला सरकारले यस्तो तयारी थालेको हो । सरकारको सिफारिसमा नेपाल राष्ट्र बैंकले सुनको आयातलाई दोब्बर बनाउन लागेको छ । बैंकले दैनिक १० किलो सुन आयात भइरहेकोमा अब १० केजी थपेर २० केजी बनाउने भएको हो ।

सुनको कोटा वृद्धि गर्ने फाइल तयार भइसकेको र अब २, ३ दिन भित्रमा सुनको कोटा दोब्बर हुने स्रोतले जानकारी दियो । अहिले प्रतिदिन १० केजी मात्रै सुन आयातको कोटा रहेको छ । राष्ट्र बैंकले दोब्बर बनाएपछि वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउने छन् ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update