दोलखामा चोरी मुद्धाका फरार थप एक जना अभियुक्त पक्राउ
चरिकोट । दोलखामा चोरी कार्यमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले चोरी कार्यमा संलग्न फरार रहेका थप एक जनालाई शनिवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्वर ९ का २१ वर्षिय सागर खत्री रहेका छन् ।
अदालतबाट दोषी ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजतलासको क्रममा पक्राउ गरेको हो । उनलाई अदालतले चोरी मुद्धामा ६ महिना कैद र दश हजार रुपैयाँ जरिवाना तोकेको थियो । खत्रीलाई अदालतमा उपस्थित गराई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
अघिल्लो साता मात्रै प्रहरीले चोरी मुद्धामा फरार रहेका भीमेश्श्रर नगरपालिका ९ का २५ बर्षिय रमेश केसी पक्राउ गरी कारागार चलान गरेको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० १४:०६
प्रतिक्रिया दिनुहोस्