चरिकोट । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दोलखाको अध्यक्षमा रामचन्द्र केसी निर्वाचित भएका छन् । अखिलको शुक्रबार सदरमुकाम चरिकोटमा सम्पन्न जिल्ला अधिवेशनले केसीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
केसी यसअघि जिल्ला सह-संयोजकको भुमिकामा थिए । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा सुबोध पोखरेल, विजय मोक्तान र विपिन्द्र खतिवडा चयन भएका छन् । यसैगरी सचिवमा सुदीप पोखरेल, उप-सचिवमा विष्णुराज गुरूङ, सुदीप जिरेल, प्रमिला दाहाल र कोषाध्यक्षमा उमेश रोकायलाई चयन गरिएको छ । अधिबेशनले शंकर पाठकलाई कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले शुक्रबार रातीनै सपथ ग्रहण गरेका छन् । अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडाले उद्घाटन गरेको जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार रातीनै सम्पन्न भएको हो ।