चरिकोट । दोलखामा चोरी कार्यमा संंलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्धामा फरार रहेका दोलखाको भीमेश्श्रर नगरपालिका ९ का २५ बर्षिय रमेश केसी पक्राउ परेका हुन् । उनलाई खोजतलासको क्रममा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
चोरी मुद्धामा उनलाई अदालतले ६ महिना कैद र १० हजार जरिवाना तोकेको थियो । तर उनी फरार रहेकोमा प्रहरीले बिहिवार पक्राउ गरी उनलाई जिल्ला अदालत पेश गरेको थियो । अदालतको आदेश अनुसार उनी आजै कारागार चलान भएका छन् ।
यसैगरी शिक्षा सम्बन्धी कसुर मुद्धामा फरार रहेका भीमेश्वर नगरपालिका २ का एक युवकपनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्बर २ का २१ वर्षिय रोशन योगी रहेका छन् । उनलाई पनि जिल्ला अदालत उपस्थित गराई जरिवाना असुल उपर गरिएको प्रहरीले जनाएको छ ।