बहुविवाह मुद्दामा दोषी ठहर दोलखाका एक पुरुष पक्राउ
चरिकोट । बहुबिवाह गरेर फरार रहेका दोलखाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्बर ६, निवासी दावा तामाङ रहेका छन् । उनलाई अदालतले बहुविवाह मुद्दामा दोषी ठहर गरेपनि फरार रहेका थिए ।
अदालतले उनलाई १ बर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ । फरार अभियुक्त तामाङलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई जिल्ला अदालत दोलखामा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १६:१५
प्रतिक्रिया दिनुहोस्