Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका मैनाली वाग्मती प्रदेश नीति तथा योजना आयोग सदस्यमा नियुक्त

हेटौंडा । बामगती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. प्रदिपकुमार मैनाली नियुक्त भएका छन् । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद बैठकले मैनालीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दोलखा कालिञ्चोक गाउँपालिकाका मैनालीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए । 

यस्तै बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा २६ को उपदफा १ बमोजिम प्रदेशसभाको सचिवालय सचिव पदमा पूर्णबहादुर दर्जी (अधिकृतस्तर एघारौं तह) लाई सरुवा गर्ने निर्णय पनि गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update