Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाबाट काठमाण्डौं जाँदै गरेको स्कारपियो दुर्घटना, दुईजनाको मृत्यु, ६ जना घाइते

चौतारा । दोलखाबाट काठमाडौं जाँदै गरेको स्कारपियो दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा रामेछाप उमाकुण्ड गाउँपालिकाका ३६ वर्षीय उत्तम महर्जन र बाह्रबिसे नगर घुम्थाङका ४१ वर्षीय बलबहादुर खत्रीको घटनास्थलमै मृत्य भएको हो । घाइतेहरुको पहिचान खुलेको छैन ।

बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै राती २ बजे दुर्घटना भएको थियो । एमबी दुगड हाइड्रोको गाडी रामेछापको बाम्तीबाट दोलखा हुँदै काठमाडौं जाँदै थियो ।

सडकबाट करिब ३ सय मिटर तल सडकमा गाडी खसेपछि राती स्थानीयले उद्धार गरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइतेहरूको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धुलिखेलमा पठाइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update