Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गौरीशंकरका पहिरो पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ र ८ का पहिरो पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । नेपाल थामी समाज दोलखा र थामी विद्यार्थी समाजको तर्फबाट सङ्कलित एक लाख ६५ हजार ९८० रुपैयाँ सहयोग आज पहिरो पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

अविरल बर्षापछि गौरीशंकर गाउँपालिका ७ र ८ मा गत साउन १८ गते राती गएको पहिरोमा परि दुई जनाको मृत्यु भएको थियो । पहिरोमा परि बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् । तीन दर्जन बढी घरपरिवार पहिरोका कारण विस्थापित भएका थिए ।

पहिरोमा परि मृत्यु तथा बेपत्ता भएका र अन्य ३५ पीडित घरपरिवारलाई फिल्डमै पुगेर संकलित रकम हस्तान्तरण गरिएको सहयोग सङ्कलनको संयोजन गरेका प्रकाश थामीले जानकारी दिए ।

उनका अनुसार गौरीशंकर गाउँपालिका  वडा नम्बर -७, का २ जना मृतकका परिवारलाई जनहि पाँच/पाँच हजार,   वडा  नम्बर ८ का ३५ पीडित घरपरिवारलाई ११०,९८० र वेपता तथा घाइतेको परिवारलाई ४०,००० रकम हस्तान्तरण गरिएको छ । 

नेपाल थामी समाज दोलखाका अध्यक्ष होम थामी, पुर्ब सचीव खड्ग बहादुर थामी, सचीव बिकास थामी, कोषाध्यक्ष रागेश थामी, लक्ष्मी थामी लगाएको टोलीले वडा अध्यक्ष दावा शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । 

उक्त सहयोग जुटाउन  खड्ग बहादुर थामी, प्रकाश थामी, सुमन थामी, राम थामी, मौसमी थामी, सकुना थामी लगायत खटिएका थिए । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update