Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
शैलुङ गापामा बिरामी युवालाई आगोको भुंग्रोमा हालियो, माता बताउने महिला पक्राउ

चरिकोट । दोलखाको शैलुङ गाउँपालिकामा देवी चढेको भन्दै एक युवकलाई आगोको भुंग्रोमा हालिएको छ । शैलुङ गाउँपालिका– ३ बिरौटा निवासी २२ वर्षीय मानबहादुर श्रेष्ठलाई आगोको भुंग्रोमा हालिएको हो । स्थानीयका अनुसार ती युवामा एक वर्षदेखि शरिर काम्ने समस्या थियो ।

उनलाई देवी चढेको र धुपबत्ती खुवाउनुपर्ने भन्दै आगोको खलीमा पस्न लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई बुधबार झाँक्रीको विधिअनुसार धुपबत्ती खुवाउने भन्दै नजिकैको कुवाटोलनिवासी माता बुद्धिमाया तामाङले बलिरहेको आगोको भुंग्रोमा खाली खुट्टा पस्न लगाएकी थिईन् । आगोको भुंग्रोमा पस्दा पोलेर मानबहादुर घाईते भएपछि आफुलाई माता बताउने ती महिलालाई प्रहरीले पक्राउ गरेको हो । 

घट्नापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान गरी कारबाही गरिने प्रहरीले जनाएको छ । आगोले पोलेर घाइते भएका मानबहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update