Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
डेंगी संक्रमित दोलखा बैतेश्वरकी एक महिलाको मृत्यु

काठमाण्डौं । डेंगी संक्रमित दोलखाको वैतेश्वर गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपलिका–३, की ४० वर्षीया कल्पना राउत रहेकी छन् । उनको काठमाडौंको सिनामगंलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि कल्पना बैतेश्वर अस्पताल भर्ना भएकी थिईन् । परीक्षणका क्रममा उनलाई डेंगी संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनलाई बैतेश्वर अस्पतालले थप उपचारका लागि काठमाडौं रिफर गरिदिएको थियो । परिवारजनका अनुसार डेंगी संक्रमण पुष्टि भएको केही दिनपछि बुधवार उपचारका क्रममा कल्पनाको मृत्यु भएको हो । 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update