सुन प्रकरण : सिन्धुपाल्चोकमा एक व्यक्ति भारतबाट पक्राउ
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका एक व्यक्तिलाई भारतमा पक्राउ गरेको छ । भारतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याईएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका किशोर बस्नेत रहेका छन् । उनको बिस्तृत ठेगाना खुलेको छैन ।
उनलाई प्रहरीले दिल्लीबाट पक्राउ गरेर ल्याएको सीआईबी स्रोतले बतायो । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको मुख्य सहयोगीका रुपमा देखिएपछि बस्नेतलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।
स्रोतका अनुसार, बस्नेतले दावाको निर्देशन अनुसार हङकङबाट सुन जडित सामग्रीहरु मगाएको पाइएको छ । हालसम्म प्रहरीले यसमा २५ जनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले गणेश पौडेललाई पक्राउ गरिसकेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १८:२३
प्रतिक्रिया दिनुहोस्