१७ माघ, दोलखा । नुवाकोटमा सुन चोरी गरी फरार भएकी एक महिलालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिकाकी आस्था भनिने नम्रता श्रेष्ठ रहेकी छिन् । उनलाई प्रहरीले चोरी गरिएको १२ तोला सुनसहित चरिकोटबाट पक्राउ गरेको हो । नुवाकोट बिदुर नगरपालिका १ त्रिशुलीबजारका हिरा कृष्ण श्रेष्ठको होटलबाट सुन चोरी दोलखा आएको सुचनाका आधारमा खोजतलास गर्ने क्रममा श्रेष्ठलाई चरिकोटबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । दोलखाकी प्रहरी निरिक्षक रुक्सा बज्राचार्यका अनुसार सुन चोरी गरि दोलखा आएकी श्रेष्ठको साथबाट औठी, ब्रास्लेट, टपको सिक्री, चाँदीको बाला र सुनको बाला १÷१ थान तथा १÷१ जोर सुनको टप र मुन्द्रा बरामद भएको छ ।
पक्राउ परेकी श्रेष्ठलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको बज्राचार्यले बताइन् ।