चरिकोट । दोलखाको विगु गाउँपालिका–४ सिंगटी स्थित खोलीखिम बजारका करिब दुई दर्जन घर खाली गराइएको छ । बजारको माथिल्लो क्षेत्रमा सडकको पहिरोसँगै ठूलो ढुंगा बस्तीमा खस्ने जोखिम बढेपछि घरहरू खाली गराइएको हो । प्रहरीका अनुसार उक्त क्षेत्रमा सवारी आवागमन पनि बन्द गराइएको छ ।
खोलीखिम बजार क्षेत्रका बासिन्दालाई कालिञ्चोक गाउँपालिका–३ को बजार क्षेत्रमा सारिएको छ। ढुंगा खस्ने जोखिम बढेपछि स्थानीयवासीलाई उक्त क्षेत्रमा हिडडुल गर्न रोक लगाईएको छ । ढुंगा खसेर सिंगटी खोला थुनिने र त्यसबाट क्षतिको जोखिम अझ बढ्ने भन्दै स्थानीयमा त्रास छ ।
यसैबीच सोही वडाको ओलीटारमा गएको पहिरोबाट विस्थापित परिवारहरुलाई सुरक्षित स्थानमा सारिएको छ । ओलीटारमा खसेको पहिरोले ४ घरमा क्षति पुर्याएको थियो । बस्नै नसकिने भएपछि विस्थापितलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।