Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
क्रिकेटर सन्दीप बिरुद्धको मुद्धामा सर्वोच्चमा फेरी सुनुवाई 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको बलात्कार मुद्दामा फेरि सुनुवाइ हुँदैछ । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए । 

सन्दीपले जिल्ला अदालतमा कागज गर्दै ‘बयानका दिन कुनै शुभचिन्तकले आफूलाई त्यो कागजात दिएकाले प्रमाण हुने ठाँनी पेस गरेको’ जवाफ दिएका थिए । थप कागजात मगाउन नपर्ने भएपछि जिल्ला अदालतले आइतबार नै पेशी तोकेको हो । फेरि इजलासले कुनै प्रमाण मगाउन आवश्यक नठानेमा आइतबारदेखि मुद्दामाथि निरन्तर सुनुवाइ हुनेछ ।

बलात्कारको दाबी र त्यतिको प्रतिवादमा मुद्दाको सुनुवाइ केन्द्रित हुनुपर्नेमा सन्दिप लामिछानेका कानुन व्यवसायीहरुले सुरुदेखि नै पीडित घटनाको दिन बालिग भइसकेको दाबी गर्दै त्यससम्बन्धी कागजात पेस गरेका थिए । सन्दीपले पेस गरेको कागजातलाई आधार देखाएर उच्च र सर्वोच्च अदालतले समेत उनलाई धरौटीमा छाड्ने आदेश दिएकोमा अहिले ती सबैजसो कागजात शंकास्पद देखिएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update