डेंगी संक्रमणबाट १० जनाको मृत्यु, १४ हजार संक्रमित
काठमाडौँ । डेंगी संक्रमणका कारण देशभर १० जनाको मृत्यु भएको छ । ७५ वटा जिल्लामा फैलिसकेको डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ । संक्रमितको संख्या १४ हजार ३५७ पुगेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
ईडीसीडीका अनुसार कर्णाली प्रदेशका मुगु र हुम्लाबाहेकका सबै जिल्लामा डेंगी संक्रमण देखिएको छ । डेंगीबाट ५०० भन्दा बढी केश भएका ४ वटा जिल्ला रहेका छन् । सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ ।
प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै संक्रमितको संख्या १० हजार ८१३ पुगिसकेको छ ।त्यसैगरी वाग्मती प्रदेशमा २ हजार ९, गण्डकी प्रदेशमा ६०३ र सुदूरपश्चिम प्रदेशमा ४५१ जना, लुम्बिनी प्रदेशमा ३०७, मधेश प्रदेशमा १३५ र कर्णाली प्रदेशमा ३९ जना संक्रमित भइसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १७:१३
प्रतिक्रिया दिनुहोस्