Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माओवादी मन्त्री हटाएर मन्त्रिपरिषद हेरफेरको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् । मन्त्रिपरिषद आजै हेरफेर हुने सम्भावना रहेको स्रोतले जनाएको छ । 

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । अनितालाई आज मन्त्री नियुक्त गराएर सपथ खुवाउने तयारी छ । २५ सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रकै केही मन्त्रीलाई हटाएर जनमतलाई सहकारमा सहभागी गराउन लागिएको हो । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update