चरिकोट । दोलखाबाट काठमाडौं गइरहेको दुई वटा यात्रुबाहक वस दुर्घट्ना हुँदा ३० जना यात्रु घाईते भएका छन् । जिल्लाको बैतेश्वर गाउँपालिकाको गैरीमुदीबाट हिँडेको बस गोपिखोला र जिल्लाबाट काठमाण्डौं जाँदै गरेको अर्को बस बलेफी गाउँपालिकाको खाडीचौर बजारमा दुर्घट्ना भएको हो । ईलाका प्रहरी बाह्रबिसेका अनुसार खाडीचौरमा भएको दुर्घट्नामा ८ जना घाईते भएका छन् । घाइते सबैको सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको छ ।
बा ४ ख १९३३ नम्बरको अरनिको यातायातको यात्रुबसमा १२ जना भन्दा बढी यात्रु सवार थिए । बस ब्रेक फेल भएर अनियन्त्रित भएपछि खाडीचौर पुलबाट सिधै व्यवसायीको कपडा पसलमा गएर ठोक्किएको थियोे । यात्रुबसका चालक, बस ठोक्किएको पसलका सञ्चालकसहित ८ जना घाइतेको अवस्था अहिले सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
यसैबीच आज विहान जिल्लाको वैतेश्वर गाउँपालिकाबाट काठमाण्डौंका लागि हिँडेको यात्रुबाहक वस गोपीखोलामा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बा २ ख ५४२९ नम्बरको को यात्रुवाहक बस आज बिहान ९ बजे अनियन्त्रित भएर दुर्घट्ना भएको हो । बस सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी दोलखाको सामुदायिक अस्पताल र च्छो रोल्पा अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुको विवरण