Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपालको अन्तर्राष्ट्रिय व्यापार हालसम्मकै निराशाजनक

काठमाण्डौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारको वृद्धिदरमा अहिलेसम्मकै निराशाजनक स्थिति देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा अन्तर्राष्ट्रिय व्यापार वृद्धिदरमा हालसम्मकै उच्च गिरावट आएको भन्सार विभाग र नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७९र८० मा अन्तर्राष्ट्रिय व्यापारमा १६.५८ प्रतिशतले कमी आएको छ।

२०७८र७९ मा नेपालबाट विदेश पठाउने र विदेशबाट नेपाल ल्याउने वस्तुको व्यापार २१ खर्ब २० अर्ब रूपैयाँको भएको थियो। २०७९र८० मा भने १७ खर्ब ६८ अर्ब रूपैयाँ बराबरको मात्र भएको छ।

आयातमा भूकम्प, नाकाबन्दी, कोभिड महामारीको समयमा भन्दा पनि उच्च गिरावट देखिएको हो। आर्थिक शिथिलता र सरकारले आयातमा गरेको कडाइ यसको प्रमुख कारण भएका सरोकारवालाहरूले बताएका छन्।

आर्थिक वर्ष २०३१र३२ ९प्राप्त सबभन्दा पुरानो तथ्यांक० यता कुनै पनि वर्ष यो स्तरमा व्यापार घटेको देखिएको थिएन।

आयात व्यापारको वृद्धिदरमा २०३१/३२ यताकै उच्च गिरावट देखिएको छ। त्यस्तै निर्यात व्यापार २०३९र४० यताकै न्यून छ। २०३९/४० मा निर्यात व्यापारमा २४।१ प्रतिशतले गिरावट आएको थियो। त्यसपछि कुनै पनि आर्थिक वर्षमा १७ प्रतिशत माथिको कमी आएको थिएन। २०७९र८० मा भने २२ प्रतिशतले कमी आएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update