Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नियमानुसार होटल व्यवसाय संचालन गर्न निर्देशन

चरिकोट । दोलखाको प्रसिद्ध पर्यटकीय कालिञ्चोक क्षेत्रका होटल व्यवसायीहरुलाई नियमानुसार चल्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । होटेल व्यवसायीहरूले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि स्थानीय प्रशासनले यस्तो निर्देशन दिएको हो । होटल व्यवसायीले महंगो शुल्क लिएकोबारे जिल्ला समन्वय समिति, कालिञ्चोक गाउँपालिका र स्थानीय प्रशासनको टोलीले सोमवार संयुक्त अनुगमन गरेको थियो ।

अनुगमन टोलीले होटेल व्यवसायीहरूलाई जनैपूर्णिमाभित्र अनिवार्य रूपमा मुख्यसूची र मेनु राख्न निर्देशन दिएको छ । कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले होटेल व्यवसायीहरूले मूल्यसूचीबिना व्यापार गर्दै आएकोले ग्राहकबाट आएको गुनासोलाई सम्वोधन गर्न यस्तो निर्देशन दिईएको जानकारी दिए । अनुगमनका क्रममा होटलहरुमा ग्राहकका लागि मेनु राख्ने नगरेको पाईएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले भदौ १४ सम्म मेनु अनिवार्य राख्न निर्देशन दिईएको बताए । उनका अनुसार मन्दिर परिसरसँग जोडेर बनाइएका संरचनाहरूसमेत हटाउन भनिएको छ । कालिञ्चोक मन्दिरभित्र धेरै क्षेत्रफल ओगटेपछि त्रिशूल तथा अन्य पूजासामग्रीहरू अन्यत्र व्यवस्थापन गर्ने तयारी छ । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update