दोलखाका तत्कालीन प्रजिअ खतिवडा विरुद्ध भ्रष्टाचारको मुद्दा, जिम्मेवारीबाट निलम्बन
काठमाडौं । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनी हाल खोटाङको प्रजिअको जिम्मेवारीमा थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै आजैदेखि स्वत निलम्बनमा परेका छन् ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा खतिवडाले वडा नं. १० विद्युत पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । हाल खतिवडा खाेटाङका सीडीओ हुन् ।
प्रदेश र संघको निर्वाचनमा दोलखाको कमान्ड सम्हालेका उनको भुमिका पनि बिबादास्पद बनेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० २०:२५
प्रतिक्रिया दिनुहोस्