चरिकोट । नेपाली कांग्रेस दोलखा निर्वाचन २ नम्बर क्षेत्रिय पुर्व सचिवसहितको समुह नेकपा एमाले प्रवेश गरेको छ । पुर्व क्षेत्रिय सचिव तिलकराज चौलागाईं ‘विष्णु’ को नेतृत्वमा कांग्रेस नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । गठबन्धनको नाममा पार्टीको अस्तित्व समाप्त हुँदै गएको भन्दै उनीहरु असन्तुष्ट थिए ।
कांग्रेस परित्याग गरेका उनीहरुलार्य नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्व प्रदेशमन्त्रीद्वय सरस्वती बस्नेत, रचना खड्का, दोलखा जिल्ला कमिटीका अध्यक्ष नरबहादुर श्रेष्ठ, पूर्वध्यक्ष ईश्वरचन्द्र पोखरेललगायत नेताहरूले शुक्रवार पार्टीमा स्वागत गरे ।
भीमेश्वर नगरपालिका वडा नं. ४ जिल ुनिवासी चौलागाईं विगतमा नेपाली कांग्रेस दोलखा क्षेत्र नं २ का सचिव लगायतका महत्वपुर्ण जिम्मेवारीमा थिए । चौलागाईले आफ्नो विचार, सिद्धान्तमा सँधै अडिग रहने पार्टी भएकाले आफु एमाले रोजेको उनले बताए ।