देशभरका झण्डै अढाई लाख पशुमा लम्पी स्किनको गम्भिर संक्रमण
काठमाडौँ । नेपालमा २ लाख ३७ हजार पशु लम्पी स्किन रोगको गम्भिर संक्रमण देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार कुल १० लाख ५४ हजार ५५ पशुमा यो रोग देखा परेको छ । जसमध्ये ४८ हजार १३३ मरेका छन् । ७ लाख ६८ हजार ६४१ निको भएका मन्त्रालयको तथ्यांक छ ।
२ लाख ३७ हजार २८१ पशु भने हाल संक्रमित अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३ लाख १ हजार २४६ पशुलाई खोप लगाइएको छ । सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेशमा तुलनात्मक रुपमा सबैभन्दा बढी पशु संक्रमित भएका छन् ।
हालसम्म सुदूरपश्चिममा २५ हजार ६०१, कर्णालीमा ६ हजार ४७१, लुम्बिनीमा ४ हजार, गण्डकीमा १ हजार ८०१, वाग्मतीमा ३ हजार ४७६, मधेसमा १ हजार ७ सय र कोशीमा ४ हजार ८१४ पशु यो रोगबाट मरेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १८:३२
प्रतिक्रिया दिनुहोस्