सर्वोच्चद्धारा बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट खारेज
काठमाडौँ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट खारेज गरेको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह र भाटभटेनी सुपर स्टोरका सञ्चालक व्यापारी मीनबहादुर गुरुङको र धर्मप्रसाद गौतमको रिट खारेज भएको हो ।
हाल प्रहरी हिरासतमा रहेका शाह र गुरुङसहितका आरोपितले आफूलाई गैरकानुनी थुनामा राखेको दाबीसहित थुनामुक्त गर्नुपर्ने मागसहित बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । सर्वोच्चको फैसलासँगै उनीहरुलाई पनि थुनामै राखेर अनुसन्धान अघि बढ्ने भएको छ ।
यो मुद्दाको हद म्याद सकिएकाले गैरकानुनी रुपमा थुनामा राखिएको रिट निवेदकहरुको दाबी थियो । सर्वोच्चले उक्त दाबीलाई अस्वीकार गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १८:२२
प्रतिक्रिया दिनुहोस्