काठमाण्डौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत बिरुद्ध गृहमन्त्रीको सचिवालयले जाहेरी दिएपछि नेपाल पत्रकार महासंघले बिज्ञप्ती निकालेर त्यसको बिरोध गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले बस्नेत बिरुद्ध साईबर क्राईमको कसुरमा प्रहरीमा उजुरी दिएको थियो ।
महासंघले विज्ञप्ती जारी गरेर बस्नेत बिरुद्धको उजुरी तत्काल फिर्ता लिन गृहप्रशासनलाई आग्रह गरेको छ । महासंघका सचिव गोविन्द चौलागाईद्धारा जारी बिज्ञप्तीमा त्रिभुवन अन्तराष्टिय विमानस्थबाट सुन तस्करी भई पक्राउ गरिएको घट्नाको सन्दर्भमा बस्नेतले समाचार स्रोतले गरेको दाबीको सन्दर्भलाई लिएर कारबाहीमा उत्रिनु उचित भएको उल्लेख छ
‘महासंघ अध्यक्ष बस्नेत बिरुद्धको उजुरी तत्काल फिर्ता लिन नेपाल सरकारको गृह प्रशासन समक्ष जोडदार माग गर्दछ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत आग्रह गर्दछ, विज्ञप्तीमा भनिएको छ ।