चरिकोट । नेकपा एमालेले दोलखाको कालिञ्चोक गाउँपालिकामा लम्पी स्किन रोग बिरुद्ध जनचेतनामुलक कार्यक्रम सुरु गरेको छ । पशुचौपायामा उक्त रोगको प्रकोप व्यापक हुँदै गएपछि एमालेले औषधी बितरणसहितको सचेतनामुलक कार्यक्रम सुरु गरेको हो ।
एमाले वाग्मती प्रदेश कमिटी सदस्य डबल पाण्डे, स्थानीय एमाले नेता ईन्द्र थामी सहितको टोलीले शुक्रवार कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ पुगेर किसानहरुलाई दश हजार रुपैयाँ बराबरको औषधी बितरण गर्नुका साथै किसानहरुलाई भेला गराई सचेतनामुलक कार्यक्रम गरेको छ । कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोट र गाउँपालिकाका पशु प्राविधिकहरुले लम्पी स्किन रोगबाट गार्ईभैसी लगायत पशुचौपाया बचाउने उपायबारे किसानहरुलाई परामर्श दिएका थिए ।
स्थानीय ईन्द्र थामीले अहिले व्यक्तिगत सहयोगमा स्याम्पलको रुपमा लम्पी स्किन रोग बिरुद्धको औषधी बितरण र किसानलाई पशु प्राविधिक मार्फत परामर्श दिईएको जानकारी दिए । उनका अनुसार गाउँमा लम्पी स्किन रोग संक्रमणका कारण पशुहरु धमाधम मर्न थालेका छन् ।