चामल निर्यातमा भारतले लगायो रोक
काठमाडौं । भारतले चामल निर्यात रोकेको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । भारतले चामल निर्यातमा रोक लगाएपछि नेपालमा समेत त्यसको असर पर्ने जानकारहरुले बताएका छन् ।
भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ । नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ । आर्थिक वर्ष २०७९र८० को ११ महिनामा मात्रै नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो मात्रै चामल आयात गरेको थियो ।
धान उत्पादनमा कमी आएको र खाद्यन्न अभावलाई मध्येनजर गर्दै यस्तो निर्णय गरिएको भारतिय अधिकारीहरुको दाबी छ ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० २०:१९
प्रतिक्रिया दिनुहोस्