विमानस्थलमा अझै १०० केजी सुन रहेको आशंका, अप्रेसन जारी
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंका गरिएको छ । थप सुन रहेको आशंकामा राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ । विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको थियो ।
तेस्रो दिन राजस्व अनुसन्धान विभागले थप उस्तै प्रकृतिको एक सय किलो बढी सुन विमानस्थल भित्रै रहेको आशंकाको आधारमा अप्रेशन जारी राखेको जनाएको छ । बरामद सुनको अहिले उक्त सुनको मुचुल्का गर्ने काम भइरहेको छ । नापतौलका लागि राष्टबैंकको टक्सार घर पु¥याईएको छ ।
विशेष अप्रेशनका लागि विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल परिसरमा पुगेका छन् । विभागले पक्राउ परेकाहरुको घर तथा बासस्थान खानतलासी गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १४:३९
प्रतिक्रिया दिनुहोस्