विमानस्थलबाट सुन भित्रिएपछि भन्सारले बनायो छानविन समिति
काठमाडौं । विमानस्थलबाट एक क्वीन्टल सुन भित्रिएपछि भन्सार विभागले छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
भन्सार जाँच पार गरेर तस्करीको सुन कसरी बाहिर गयो भन्ने विषयमा छानबिन गर्ने जिम्मेवारी समितिलाई दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । ‘कहाँ भन्सारका कर्मचारीको कमजोरी रह्यो भन्ने विषयमा जाँच गर्न समिति गठन भएको हो’, सूचना अधिकारी खड्काले भने । समितिलाई पाँच दिनभित्र जाँच गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।
राजश्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १४:००
प्रतिक्रिया दिनुहोस्