Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विमानस्थल सुन काण्डमा दोलखाका दुई युवक समातिए

काठमाडौं । त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको करिब सय किलो सुन काण्डमा जोडिएका दोलखा जिल्लाका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुन जडित ब्रेक सु ल्याउने कम्पनीका मालिक २१ वर्षीय युवकसहित दुई जना रहेका छन् ।

ब्रेक सुको आयातकर्ता रेडी ट्रेड्स प्राली रहेको राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले बताए । रेडी ट्रेडर्सका सञ्चालक २१ वर्षीय दीलिप भुजेललाई प्रहरीले पक्राउ गरेको छ । 

दोलखाको मेलुङ गाउँपालिका-१ स्थायी बासिन्दा दीलिपसँगै मेलुङ-३ कै ५३ वर्षीय रामकुमार भुजेल पनि पक्राउ परिसकेका छन् । दीलिप र रामकुमार आफन्त भएको बुझिएको छ ।

पक्राउ परेकालाई म्याद थपका लागि उच्च अदालत पाटन लैजान तयारी भइरहेको छ । सुन बरामदपछि अनुसन्धानका क्रममा उनीहरु सहित ५ जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update