Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गौरीशंकर गाउँपालिका उपाध्यक्ष तामाङको निधन

चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । ५५ बर्षिय तमाङको काठमाण्डौं स्थित गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारका क्रममा निधन भएको हो । यद्यपी अस्पतालले मृत्युको औपचारिक घोषणा गर्न भने बाँकी  छ ।

स्वास्थ्यमा समस्या देखिएपछि तामाङ दुई दिनअघि अस्पताल भर्ना भएका थिए । तामाङ कामको शिलशिलामा काठमाडौं पुगेका बेला एक्कासी पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएका थिए । 

उनलाई हिजोबाटै सिसियु कक्षमा राखेर उपचार गरिएको गरिँदै थियो । पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा जटिल समस्या देखिएपछि आज दिउँसो उनको शल्यक्रिया गरिएको थियो ।  

गौरीशंकर गाउँपालिका–६ चंखु स्थायी घर भएका तमाङ गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिकाको उपाधयक्ष पदमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसको राजनतिमिा लामो समयदेखि सक्रिय तमाङ गठबन्धनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update