Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सर्वोच्चको आदेशपछि कोशी सरकारको हैसियत कामचलाउ

काठमाण्डौं । सर्वोच्च अदालतको आदेशपछि वाग्मती प्रदेश सरकार कामचलाउ बनेको छ । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको हो । सभामुख बाबुराम गौतमको समर्थन समेत लिएर २१ असारमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।

सो बिरुद्ध नेकपा एमालेको प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चले थापाले मुख्यमन्त्री नियुक्तिका लागि पेश गरेको दाबी, समर्थन, हस्ताक्षर र प्रदेश प्रमुखले गरेको मुख्यमन्त्री नियुक्तिको निर्णयको सक्कल प्रति ३ साउनसम्म पेश गर्न आदेश दिएको छ ।

त्यस्तै यो प्रकरणमा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमसँग लिखित जवाफ पनि माग गरेको छ । त्यसपछि ७ साउनमा सुनुवाइ तोकेर निरन्तर सुनुवाइ गर्न पनि आदेश दिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update