विषालु च्याउ खाँदा दोलखामा एक जनाको मृत्यु
चरिकोट । विषालु च्याउ खाँदा दोलखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौरीशंकर गाउँपालिका–६ चंखुकी ३२ वर्षिया सोमलेकी शेर्पा रहेकी छन् । स्थानीयका अनुसार जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा शेर्पा परिवारका ४ जना बालबालिका समेत बिरामी भएका छन् ।
उनीहरुले यही असार २३ गते जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए । त्यसपछि बिरामी परेका उनीहरुलाई सिंगटी स्थित अस्पताल भर्ना गरिएको थियो ।
प्रहरीका अनुसार अस्पतालले बुधबार मात्रै विषालु च्याउ खाएर उपचारका क्रममा महिलाको मृत्यु भएको जानकारी दिएको छ । च्याउ खाएर बिरामी परेका अन्य ४ बालबालिकालाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० २१:०३
प्रतिक्रिया दिनुहोस्