Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानमन्त्रीले गल्ती स्वीकार्ने सहमति, संसद खोल्न एमाले तयार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति सच्याउने वचन दिएपछि एमाले संसदको जारी अबरोध खोल्न तयार भएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति र सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटप्रति दुःख व्यक्त गर्ने सहमतिपछि सदनको अवरोध खुल्ने भएको हो ।

तीन दलका शीर्ष नेताबीच मंगलबार दोस्रो दिन सिंहदरबारमा भएको छलफलपछि संसद् भवनमा आयोजित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबारे ब्रिफिङ गरेका हुन् ।

बैठकमा ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक पदम गिरीले भने, प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति गल्ती स्वीकार गर्ने, त्यस्तो बोल्न गएकोमा दुःख व्यक्त गर्ने र भविष्यमा यस्तो कमजोरी नदोहोर्‍याउने तथा सचिवालयले गरेको प्रेस नोटेले विपक्षीलाई पुग्न गएको चोटप्रति दुःख व्यक्त गर्ने सहमतिपछि सदन चल्न दिने कुरा भएको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update