Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लम्पी स्किनबिरुद्ध १० लाख ३७ हजार खोप आयात

काठमाडौँ । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध १ लाख ८० हजार ९ सय २२ पशुमा  खोप लगाउने कार्य सम्पन्न भएको छ । हालसम्म १० लाख ३७ हजार डोज खोप आयात भएकोमा उक्त खोप लगाउने कार्य सम्पन्न भएको हो । सरकारले पशुमा देखिएको महामारी नियन्त्रण गर्नकै निम्ति निजी क्षेत्रलाई खोप आयातको स्वीकृति दिएको थियो ।

पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले आयातित खोप ७ वटै प्रदेशका विभिन्न जिल्लामा १ लाख ८० हजार ९ सय २२ पशुमा लगाइएको जानकारी दिए । विभागका अनुसार गाईभैंसीको खोपकै लागि २०७९/८० मा खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्ला बाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न संघीय शसर्त अनुदान अन्तर्गत १ लाखका दरले रकम विनियोजन भएको छ ।

सो रकमबाट औषधि उपचार तथा खोप खरिद गर्न सबै पालिकालाई आग्रह गरेको छ । लम्पी स्किन पहिलो पटक २०७७ असारमा मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाका गाईहरूमा देखा परेको थियो । हालसम्म मनाङबाहेक ७६ जिल्लामा यो रोग पुष्टि भएको छ । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update