Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गुल्मीमा कोरोनाका कारण शिक्षकको मृत्यु भएको प्रदेश सरकारले गर्यो औपचारिक पुष्टि

काठमाडौँ — कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको मृत्यु भएको प्रदेश सरकारले औपचारिक पुष्टि गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका उनको बिहिवार विहान मृत्यु भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएको जनाउँदै दुःख व्यक्त गरेका छन् ।

उनको गम्भिर अवस्थामा अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ‘उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं,’ मन्त्री बरालको विज्ञप्तिमा उल्लेख छ । मृतक कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update