Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेशमा २१ प्रतिशत मात्रै रोपाई

हेटौंडा । बागमती प्रदेशमा यस वर्ष रोपाईमा ढिलाई भएको छ । हालसम्मको तथ्यांक अनुसार यो प्रदेशमा २१ प्रतिशतमात्रै धान रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालय हेटौंडाका अनुसार यस वर्ष मनसुन ढिला गरी सुरु भएको कारण असार अन्तिम हप्तासम्म रोपाइँ २१ प्रतिशतमात्र भएको हो ।

निर्देशनालयका कृषि अर्थविज्ञ रामहरि तिमल्सिनाले बागमतीमा रहेको ३ लाख २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १ लाख २३ हजार ३६३ हेक्टरमा धानखेती हुने गरेको जानकारी दिए । धान खेती हुने १ लाख २३ हजार ३६३ हेक्टर जमिनमध्ये हालसम्म ३२ हजार ५१९ हेक्टरमा धान रोपाइँ भएको छ ।

तिमिल्सिनाका अनुसार बागमतीमा सबैभन्दा धेरै हाइब्रिड धान खेती हुने गरेको छ । बागमतीमा १२४ प्रजातिको हाइब्रिड धानखेती हुने गरेकोमा सबैभन्दा धेरै ‘यूएस ३०५ र ३१२’ रहेको उनले जानकारी दिए । त्यसबाहेक बागमतीमा डीवाई, स्वर्ण सव वान, राधा ओआर धान हुने र उच्च पहाडी भेगमा सुख्खा धान तथा टाइचिन धान खेती हुने गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update