चरिकोट । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा संचालन गरेको एसईई (माध्यमिक शिक्षा परीक्षा) मा दोलखाबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या न्युन देखिएको छ । २०७९ सालको एसईई परीक्षामा दोलखाका ६० जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।
शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका अनुसार जिल्लाबाट साधारणतर्फ २९४१ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ६० जना परीक्षार्थीहरु ३.६ देखि ४ जिपिए ल्याउन सफल भएका हुन् । यसैगरी २४७ जना विद्यार्थीहरुले ३.२ देखि ३.६ जिपिए प्राप्त गरेका छन् भने २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या ७५२ छ । २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा धेरै १०८८ रहेको छ ।
६३८ जनाले २ देखि २.४ जिपिए, १२२ जनाले १.६ देखि १.६ जिपिए प्राप्त गरेका छन् । २८ जना विद्यार्थी परीक्षामा अनुपस्थित रहेका थिए । यसैगरी प्राविधिकतर्फ १२ जनाले ३.६ देखि ४ जिपिए, २८ जनाले ३.२ देखि ३.६ जिपिए, १९ जनाले २.८ देखि ३.२ जिपिए र ३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन् ।