Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा, सिन्धुपाल्चोक र सोलुखुम्बुमा बाढिपहिरोको जोखिम

काठमाण्डौ । दोलखा, सिन्धुपाल्चोक र सोलुखुम्बुमा ठूलो वर्षासँगै बाढीपहिरोको जोखिम बढेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार यी तीन जिल्ला अत्याधिक वर्षासँगै पहिरोको जोखिम देखिएको हो । गएराति सिन्धुपाल्चोकको नाकोटे र गुम्थाङमा ठूलो वर्षा भएको छ ।

यस्तै, अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई वटा पुलमा क्षति पुर्याएको छ । पुलमा क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् । इन्द्रावती नदीमा आज बेलीब्रिजको उद्घाटन हुँदैछ ।

यस्तै, दोलखाको रिखु, लामाबगर, सिँगटी र सोलुखुम्बुको सिरुवा तथा आसपासका धेरै ठाउँमा ठूलो पानी परेको छ । ठूलो वर्षाका कारण यी तीन जिल्लामा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ । 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update