Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लकडाउनका बेला काठमाण्डौँको ४० किलोमिटर सडकमा देखियो चमक

काठमाण्डौं - कोरोना भाईरस (कोभिड १९) का कारण मुलुक लकडाउनमा रहँदा सरकारले काठमाण्डौंमा सडक सुधार गर्ने कार्य जारी राखेको छ । ४१ किलोमिटरको लक्ष्य राखिएकोमा हालसम्म ४० किलोमिटर पिचमा ओभर ले को काम सम्पन्न भैसकेको छ ।

विश्वव्यापी माहामारीको कारण चैत ११ देखि नेपालमा लकडाउन सुरु भएसँगै यातायात मन्त्रालयले पिचको काम सुरु गरेको थियो । अत्याधिक सवारीसाधनको चापका कारण अन्य समयमा गर्न नसकिएको सडक मर्मत तथा निमार्णका कामहरु लकडाउनको समयमा सजिलै गरिएको सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपालीले बताए ।

उनका अनुसार ४१ किलोमिटर मध्ये लकडाउनमा मात्रै १४ किलोमिटर ओभरले सकिएको छ भने यो हप्ताभित्र अरु ४ किलोमिटर सक्ने लक्ष्य लिईएको छ । त्यस्तै डिभिजनले लकडाउनमै डेढ किलोमिटर नयाँ कालोपत्रे गरिसकेको छ भने अरु तीन किलोमिटरको सबै काम सकिएर कालोपत्रे गर्न मात्र बाकीँ रहेको जनाएको छ । सडक डिभिजनले ओभर लेसगैँ रोड मार्किङको काम पनि गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update