कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समितिको नयाँ कार्यसमिति चयन
दक्षिण कोरिया । दक्षिण कोरिया स्थित पुरानो संस्था नेपाली सम्पर्क समितिको नयाँ कार्यसमिति चयन भएको छ । यो दक्षिण कोरियामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो र नेपाली संघसंस्थाहरूको छाता संस्था हो ।
संस्थाको आईतवार सम्पन्न १८औ महाधिवेशनले हरिप्रसाद खनालको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले संस्थाको बरिष्ठ उपाध्यक्षमा आरति ह्योल्मो, अन्य उपाध्यक्षमा हेम पाठक र मनोज कुमार सुवेदी, महासचिवमा दिपक थापा मगरलाई चयन गरेको छ ।
यसैगरी सचिवमा अभि थापा, कोषाध्यक्षमा हरि थापा र सदस्यहरुमा सिर्जना लिम्बु, र दिलु गुरुङलाई चयन गरेको छ । उक्त संस्थाले नेपालमा बिभिन्न सामाजिक गतिविधिहरु संचालन गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० २०:२२
प्रतिक्रिया दिनुहोस्