Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नागरिकता विद्येयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार उक्त विद्येयक प्रमाणीकरण गरेको थिए ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ भने अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाएको छ ।

राष्ट्रपति पौडेलले गैरसंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए । विपक्षी राष्ट्रपति कार्यालयलगायतका नाममा कारण देखाउ आदेश पनि जारी गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update