Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
७१ देशमा वैदेशिक रोजगारी खोल्ने तयारी

काठमाडौं । सरकारले ७१ देशमा रोजगारी खोल्ने भएको छ । दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको छ ।

मन्त्रालयले पत्रकार सम्मेलन गर्दै योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरुले रोजगारीको लागि जान पाउने जनाएको छ । सरकारले खुला गरेपनि सबै देशबाट नेपाली श्रमिकको माग आउँछ भन्ने सुनिश्चित भने छैन । तर, कसैले माग ल्याएमा श्रम स्वीकृति दिन नरोक्ने सरकारी तयारी छ ।

इराकको अवस्था विगतको जस्तो नभएकोले नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने तयारी भइरहेको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । दौत्य सम्बन्ध कायम भएका संसारका सबै मुलुकका लागि श्रम स्वीकृति दिन काम कारबाही अघि बढेको उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update