फ्रान्स पठाईदिन्छु भन्दै ४० लाख ठगी गर्ने दोलखाका एक पुरुष पक्राउ
काठमाण्डौं । फ्रान्स पठाईदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दोलखाका एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर ३, मिर्गे घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ५० वर्षिय सुरेश कुमार पाख्रिन रहेका छन् ।
उनले फ्रान्स पठाईदिन्छु भन्दै ४ जना व्यक्तीलाई प्रतिव्यक्ति १७ लाख लाग्ने भन्दै ४० लाख उठाएर फरार भएका थिए । प्रहरीका अनुसार पाख्रिनले फ्रान्समा मासिक तलब एक लाख भन्दा धेरै हुने आसवासन दिएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलीले पुल्चोकबाट पक्राउ गरेको हो ।
पाख्रिनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको काठमाण्र्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी मिलन केसीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १८:२१
प्रतिक्रिया दिनुहोस्